ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं, २६ फागुन । ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आइसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आइसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

साथै, दुवै संस्थाको सहमतीमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिंङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरुमा सहकार्य हुनेछ ।

ग्लोबल आइएमले हाल देशभरका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, राष्ट्रियस्तरको ग वर्गको वित्तीयसंस्था आइसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here