शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा

काठमाडौं, २७ फागुन । शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले रुपैयाँ घाटामा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.४१३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०४ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई रु.६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई रु.१६ अर्ब २९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ८३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब २ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here