मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६४ लाख नाघे, इण्टरनेट बैंकिङ प्रयोग गर्ने कति ?

काठमाडौं, २७ फागुन । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ६४ लाख नाघेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ७ महिनामा देशभरबाट एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।

कूल संख्यामध्ये ‘क’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४५ लाख ६१ हजार ९७२ पुगेका छन् ।

त्यस्तै ‘ख’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १८ लाख ३४ हजार १७५ पुगेका छन् भने ‘ग’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८० हजार ५३३ जना छ ।

यसैबीच इण्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ लाख ८३ हजार २५३ पुगेको छ ।

जसमध्ये १२ लाख ४२ हजार ६४९ ‘क’ वर्गको बैंकका, तीन लाख ३१ हजार ४६५ ‘ख’ वर्गको बैंकका र ९ हजार १३९ ‘ग’ वर्गका प्रयोगकर्ता छन् ।

ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here