पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं, २७ फागुन । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन्।

शाहको मतियारको रुपमा म्यानेजर जोशीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई धम्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सलग्न देखिएको जोशीमाथि आरोप छ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत संलग्न रहेको आरोप लगाएका थिए।

पल अहिले पूर्वी नवलपरासीको गैंडाकोटस्थित प्रहरी हिरासतमा छन्। पलविरुद्ध परेको उजुरीमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको भए पनि सोही प्रकृतिको जाहेरी गैंडाकोटमा पनि दर्ता भएपछि उनलाई त्यता लगिएको हो।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन्।

अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here