पर्यटकले नेपाल आउँदा ‘क्युआर कोड’बाट वित्तीय कारोबार गर्न पाउने

काठमाडौं, २८ फागुन । भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो ।

फोनपे र भिसाको कारोबारलाई सहज बनाउन नबिल बैंकले सहकार्य गरेको छ । फोनपेले भिसासँग सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ‘क्यूआर’ बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्‍याएको छ ।

फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरूले फोनपेको क्यूआर कोड मार्फत भुक्तानी सजिलै गर्न सक्ने बताए ।

उनले विदेशबाट नेपालमा घुम्न आउने भिसा कार्ड होल्डर पर्यटकहरूले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्ने बताए । सापकोटाले भिसा डिजिटल मार्केटमा ख्यातीप्राप्त सुरक्षित ब्राण्ड भएकाले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here