कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं, २९ फागुन । बीमा समितिको आयोजनामा सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी समयमा नदिँदा बीमितहरू महिनौंसम्म कम्पनीहरूमा धाउनुपर्ने र बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानीमा सुधार गर्न आग्रह गरे ।

कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली प्रदेशको वस्तुस्थितिलाई ध्यानमा राखेर बीमालेख तयार गर्न बीमा समितिलाई आग्रह गर्दै प्रदेश कार्यालयमा बीमा इकाई स्थापना गर्ने जानकारी दिए ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशका सिमान्तकृत समुदायका लागि प्रदेश सरकारबाट नै बीमागरिदिने व्यवस्थागर्न र आर्थिक रूपले सबल समुदायका लागि भने सार्वजनिक सेवासँग आवद्ध गरेर बीमाको दायरामा ल्याउन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here