मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

काठमाडौं, २९ फागुन । सरकारले मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेसँगै नेपालले पनि श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको हो।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो।

वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।