आगामी वर्षको बजेट लेख्ने जिम्मेवारी ५ जनालाई, को-को परे ?

काठमाडौं,२ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट लेखनको मूख्य जिम्मेवारी ५ जनालाई दिएको छ । मन्त्रालयले आगामी आवको बजेट लेखनको औपचारिक सुरुवात गर्दै ५ सदस्यीय समिति गठन गरेको हो ।

अर्थमन्त्री जनादर्शन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल तोकिएका छन् ।

सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी तोकिएका छन् ।

समितिलाई संसदको दुवै सदनमा पेश गरिने विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी छ । आर्थिक वर्ष २०७९\८० को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने जिम्मेवारी समेत समितिको हो ।

समितिले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर कर्ण, वरिष्ठ आर्थिक सल्लाहकार डा। सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउने अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here