आगलागीबाट घाइतेलाई नबिल बैंकको सहयोग

काठमाडौं, २४ असार । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बन्र्स भायोलेन्स सरभाईभरस नेपाललाई सहयोग गरेको छ ।

बैंकले एक लाख रुपैयाँको सहयोग गरेको हो । उक्त रकम आगलागीबाट पीडित भएका बिरामीहरुको उपचार, आहार बिहार र परामर्शको लागि प्रयोग गरिने बैंकले जनाएको छ ।

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा\दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा गर्दै आएको छ ।

स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग गरिसकेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त रकमलाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी प्राप्त भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here