प्रकाश सपुतको ‘पिर’ बन्यो, एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियो

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नयाँ रेकर्ड बनाएको छ ।

माओवादी जनयुद्धको विषयलाई समेटेर सपुतले बनाएको गीत ‘पिर’ ले कीर्तिमान बनाएको हो ।

विवादसँगै चर्चामा रहेको गीतले एक सातामै एक करोडले हेरेका छन्। सो गीत युट्युबमा सार्वजनिक गरिएको एक हप्तामै करोड क्लब (१ करोड पटक हेरिएको) मा पुगेको हो।

फागुन २७ गतेको राति सार्वजनिक गरिएको गीतको भ्युज यो समाचार तयार पार्दासम्म १ करोड २९ हजार नाघिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here