विवादित दृश्य हटाएर प्रकाश सपुतकाे ‘पिर’ फेरि युट्युबमा

काठमाडौं । केही दिनअघि युट्युबमा आएको प्रकाश सपुतको गीत ‘पिर’बाट केही दृश्यहरू हटाइएको छ। भिडियोमा विवादित बनेको यौनकर्मी पूर्वलडाकूको दृश्य हटाएर नयाँ भिडियो अपलोड गरेका छन् ।

यस गीत युट्युबमार्फत सार्वजनिक गरिएपछि खासगरी नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाउँदै गीतमाथि प्रतिबन्धको माग गरेका थिए।

गीतले ‘जनयुद्ध’ को अपमान गरेको भन्दै गायक सपुतको गीत युट्युबबाट हटाइनुपर्ने र उनले माफी माग्नुपर्ने बताएका थिए।

गायक सपुतले पनि माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडिओ अपलोड गरिएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here