भूपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता

काठमाडौं । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् ।

एपी वान च्यानलबाट गायन प्रतिभा चाैंथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भूपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन्।

भूपेन्द्रसँगै ५ प्रतिस्पर्धी थिए । उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगद र ट्रफी पाएका छन् । त्यस्तै, फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेण्ड रनरअप रामेछापका रञ्जित नेपाल भएका छन् ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here