अवैध रुपमा अमेरिकी डलर बोक्ने एक पक्राउ

काठमाडौं, २४ असार । अवैधरुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई आज प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेश र हातेझोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९५० र ३७० हङकङ डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

उनीहरुका विषयमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here