कोरोना परीक्षणको वाध्यकारी नियम हट्यो, सीमा नाका र विमानस्थलमा नयाँ मापदण्ड

काठमाडौं, ६ चैत । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोरोना परीक्षण गराउनुपर्ने अवस्थाहरूबारे सूचना जारी गरेको छ ।

आइतवार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएतापनि लक्षण देखिएका यात्रीहरूलाई परीक्षण अनिवार्य गरेको छ ।

त्यस्तै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड-१९ परीक्षण गराउनुपर्ने बताएको छ ।

‘५ वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा दुवैमध्ये कुनै एउटा भए पनि कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण छन् भने परीक्षण गराउनुपर्ने’ सूचनामा उल्लेख छ ।

साथै सीमानाका वा हवाई नाकामा खटिएका स्वास्थ्यकर्मीहरूले आवश्यक ठानेमा कोरोना परीक्षणलगायत अन्य संक्रामक रोगहरूको समेत परीक्षण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here