फागुन महिनामा ५३ हजारबढीले लिए श्रम स्वीकृति, २५ हजार धेरै श्रमिक सीपविहीन

Photo: THT

काठमाडौं, ७ चैत । रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान फागुन महिनामा मात्रै ५३ हजार ४५७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ४८ हजार ७४३ जना पुरुष र ४ हजार ७१४ जना महिला रहेका छन् ।

श्रम स्वीकृति लिनेमा २३ हजार ६६ जना दक्ष श्रमिक रहेका छन् । जसमा २० हजार ८९२ जना पुरुष र २१ सय ७४ जना महिला रहेका छन् ।

तथ्यांक अनुसार ८ जना उच्च दक्ष र ६८ जना व्यवसायीकले श्रम स्वीकृति लिएका छन् ।

२३ हजार १६७ पुरुष र २१ सय ५२ जना महिला गरी जम्मा २५ हजार ३१९ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिने अर्धदक्ष श्रमिकको संख्या ४ हजार ९९६ जना रहेका छन् । जसमा ४ हजार ६१३ पुरुष र ३ सय ८३ जना महिला रहेका छन् ।

विदेशमा सीपयुक्त जनशक्तिको माग निरन्तररूपमा बढे पनि नेपालबाट जाने कामदारमा सो अनुसार सीप र दक्षता बढ्न नसक्दा आम्दानी पनि बढ्न नसकेको विज्ञहरूको भनाइ रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here