८ महिनामा २ खर्ब १७ अर्बको पेट्रोलियम पदार्थ आयात, तेल-घिउमै बाहिरियो ९५ अर्ब

काठमाडौं, ८ चैत । नेपालमा सबैभन्दा बढी आयात भएको वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

नेपालले आयातमा बढी खर्च गरेको वस्तुहरूमा १ खर्ब १२ अर्बको आइरन एण्ड स्टिलमा, १ खर्ब रूपैयाँ मेकानिकल वस्तुहरूमा, ९५ अर्ब रूपैयाँ तयारी मासु तथा पशुजन्य उत्पादनमा खर्च भएको छ ।

२६ अर्ब बराबरको तरकारीजन्य वस्तु आयात हुँदा वनस्पति तेल तथा घिउको आयात ९५ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुले निर्यातमा समेत ठूलो हिस्सा ओगटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार वनस्पति तेल तथा घिउको निर्यात ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको रहेको छ । एक वर्षको अवधिमा औषधीजन्य वस्तु ५२ अर्ब २६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here