थप ४४ जनामा कोरोना पुष्टी, ४८१ जना संक्रमण मुक्त

काठमाडौं, ८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार २३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here