न्यून चापीय प्रणालीको प्रभाव: पाँच प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १० चैत । नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

२०७८ चैत १० गते (बिहिबार)

दिउँसो : देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत ११ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक -दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत १२ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन \ चटयाङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here