प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० चैत । सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीवार छापावाला सुन तोलाको १ लाख ३ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । छ । यसको मूल्य बुधबार प्रतितोला रु ९८ हजार ७०० थियो । गत सातादेखि सुनको मूल्य लाख वरिपरिनै घुमिरहेको छ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here