इसेवा मनि ट्रान्सफर र इजेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको बीएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यवाहक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरे।

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सीईओ, अजेस कोइरालाले भने, ‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ।

यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ।’

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ।

त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२, हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ।

साथै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ। साथै इसेवा मनि मार्फत आएको रकम प्रभु म्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरूबाट समेत भुक्तानी लिन सकिनेछ।

सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो।

यो बहराइनमा रहेको बिएफसी ग्रुप होल्डिङ्कस् (बिएफसी) ग्रुपको मातहतमा रहेर रहेर संचालन हुँदै आएको छ। यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५ हजार बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांश मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरि रहेको छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यम मार्फत २०० भन्दा बढि देशहरुबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ।

इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाख ३० हजार भन्दा बढी एजेण्ट/क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here