मुद्दती निक्षेपमा १ अर्ब ९३ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले बिहीवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी बैशाख २ देखि २०८० बैशाख गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ कराेड २६ लाख रुपैयाँ गरी कूल एक अर्ब ९३ कराेड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले चैत १७ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

यस्ता छन् शर्तहरुः

-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।

-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।

-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here