‘ओपीसीआर’ प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगर्न प्रहरीको अनुरोध

काठमाडौं, १० चैत । नेपाल प्रहरीले अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसन (ओपीसीआर) प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगर्न अनुरोध गरेको छ ।

कतिपय प्रयोगकर्ताहरूले अनलाइन पुलिस क्लियरेन्समा डिस्पोजेबल इमेल प्रयोग गरी आवेदन दिने गरेको पाइएकोले प्रहरीले एक सूचना जारी गर्दै डिस्पोजेबल इमेल प्रयोग नगर्न अनुरोध गरेको हो ।

यस्ता डिस्पोजेबल इमेलबाट प्रयोगकर्ताको संवेदनशील र गोप्य कागजहरूमा अनाधिकृत पहुँच पुग्ने प्रहरीको भनाइ छ ।

संवेदनशील प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगरी व्यक्तिगत इमेल प्रयोग गर्न र ओपीसीआर प्रणालीको पासवर्ड समय समयमा परिवर्तन गर्न अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here