बीमा कम्पनीको चुक्ता पुँजीको सीमा बढ्यो, जीवनको न्यूनतम ५ अर्ब

काठमाडौं, १० चैत । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ ।

संचालक समितिको बिहीबार बसेको बैठकले जीवन र निर्जीवन दुवै किसिमका बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाएको हो।

कम्पनीको आकार, व्यवसायीक दायरा बढिरहेकाले पुँजी वृद्धि अत्यावश्यक रहेको भन्दै पुँजी वृद्धि गरिएको समिति स्रोतले बताएको छ ।

अब जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीबन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने बीमा समितिका अध्यक्ष सुर्यराज सिलवालले बताए ।

हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ छ । तोकिएको पुँजी पुर्‍याउनका लागि समितिले एक वर्षको समय दिएको छ ।

बीमा कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराएर बीमा समितिमा पेश गर्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here