सामान्य अंकले घट्यो नेप्से, ५७ करोडको कारोबार

काठमाडौं, २५ असार । बुधबार नेप्से परिसूचक १.१२ अंकले घटेर १ हजार २ सय ४९.१५ मा झरेको छ ।

कारोबारमा आएका मध्ये बैकिङ्ग, लघुवित्त र जीवन बिमा समुहको परिसूचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो ।

बुधवार सबैभन्दा धेरै उत्पादन क्षेत्रको सूचक घटेको छ । उत्पादन क्षेत्रको सूचक १.०१ प्रतिशतले घटेको हो ।

बुधबार १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड ३४ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाए । इन्फिनिटीको शेयर मूल्य ९.८१ प्रतिशले बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here