जीवन विकास लघुवित्तको शेयरमूल्य ३ हजारमा झर्यो

काठमाडौं, ११ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार संस्थाको ७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार १०० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०:३० बजे शुरु गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here