शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौं, १३ चैत । लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।

आयोगका उपसचिव एकनारायण शर्माले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको जनाएका हुन् ।

आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको यही चैत २६ गते तय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here