नयाँ आयाम थप्दै साहारा एप, राइडरले कमिसन तिर्नु नपर्ने

काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगैं राइडरको आर्कषण थप बढेको छ ।

आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरुले बताएका छन् । विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् ।

कम्पनिले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढि कमाउने राइडरहरु पनि रहेका छन् ।

एप चलाउन सजिलो हुनुका साथै निः शुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् ।

नेपालीले नै निर्माण र सञ्चालन गरेको एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here