चम्किलो मनास्लु (फोटो फिचर)

_MG_0090.JPG

क्लाउडपत्रिका
काठमाडौं २१ माघ । फेब्रुअरी महिनाको फोटो नेपाल प्रदर्शनीमा फोटोग्राफर लक्ष्मीप्रसाद ङाखुसीले मनास्लु क्षेत्रमा खिचेका सुन्दर तस्बिर प्रदर्शनीमा राखिएको छ । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारबाट शुरु हुने यो प्रदर्शनी माघ १८ देखि २४ सम्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा संचालन भएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले फोटोनेपाल देश भित्र मात्र सिमित नरहेको बताउछन् । फोटोनेपालले संसारभर रहेका फोटोग्राफरको नेपालमा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रबद्र्धन गर्ने साझा अभियान रहेको उनको भनाई छ ।

यो अभियान फेब्रुअरी २०१६ मा टोनी हेगेनका फोटो प्रदर्शनीसँगै सुरु भएको हो । मार्च महिनाको फोटो नेपालमा बेल्जियमा फोटोग्राफरले नेपालमा खिचेका फोटो प्रदर्शनमा राख्ने तयारी छ ।

यही माघ २० मा नेपाली सांगितिक टोली फ्युजनजात्राको सांगीतिक प्रस्तूतिको आयोजना पनि गरिएको थियो ।
फोटोनेपाल अन्तरगत फोटोग्राफरसँग अन्तरक्रिया, सांगीतिक कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ ।
प्रदर्शनी निशुल्क रहेको छ ।

तस्वीर सौजन्य : नेपाल पर्यटन बोर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here