एलन मस्क ट्वीटर छिर्ने बित्तिकै यस्तो परिवर्तन !

काठमाडौं, २३ चैत । अब आफुले गरेको ट्वीट सम्पादन वा परिवर्तन गर्न सकिने भएको छ । ट्वीटरले ट्वीट सम्पादनका लागि एडिट बटन राख्ने तयारी गरेसंगै यो सुबिधा लिन सकिने भएको हो ।

ट्वीटर बोर्डको सदस्यमा टेस्लाका मालिक एलन मस्क जोडिएसँगै यो सुविधा थप गर्न लागिएको हो । उनले आफ्ना फलोअर्सलाई ट्वीटरमा के नयाँ सुविधा थप गर्न आवश्यक छ भनेर ट्वीटर पोलमा प्रश्न गरेका थिए ।

जसमध्य अधिकांश प्रयोगकर्ताले ट्वीट परिवर्तका लागी सुविधाको माग गरेका थिए । ट्वीटरले आगामी महिनाबाट यसको परिक्षण शुरु गर्न लागेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here