एलन मस्क विश्वकै सर्वाधिक धनी, विनोद चौधरी १ हजार ९ सय २९ नम्वरमा

काठमााडौं २३, चैत । एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ती २९० दशमलव ३ अर्ब डलर सम्पत्ती रहेको फोब्सको सूचिमा उल्लेख छ ।

विश्वभरीका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्स पत्रिकाका अनुसार दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९ दशमलव ८ रहेको छन् । त्यस्तै बर्नाड अर्नल र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् ।

गत राती सार्वजनिक सूचीअनुसार नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सका अनुसार उनको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भएको हो । जसअनुसार उनको सम्पत्ती १ दशमलव ५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १ हजार ९२९ नम्वरमा छन् ।

दक्षिण एशियामा भारत र नेपालका उद्योगी मात्र सो सूचिमा परेका छन् । उनी चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहन्दै आएका छन् ।
दक्षिण एशियाका अन्यमुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।
उक्त सूची अनुसार अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेका छन् । त्यस्तै चीनमा ५३९ जना र तेस्रोमा भारतमा १ सय ६६ जना अर्बपति रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here