मञ्जुश्री फाईनान्सको गोंगबु शाखाको उद्घाटन

काठमाडौं, २४ चैत । मञ्जुश्री फाईनान्स लिमिटेडले गोंगबु शाखाको औपचारिक उद्घाटन गरेको छ ।

मञ्जुश्रीले काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.४, गोंगबुमा रहेको आफ्नो २४ औं शाखाको विहीवार उद्घाटन गरेको हो ।

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतमले एक समारोहकाबीच उद्घाटन गरे ।

२०७८ साल पौष मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमाआकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

मञ्जुश्री फाइनान्सको २३ औं शाखा कार्यालय चावहिलमा उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here