सामान्य अंकले घट्यो नेप्से, ४६ करोडको कारोबार

काठमाडौं, २६ असार । विहिवार नेप्से परिसूचक ०.६२ अंकले घटेर १ हजार २ सय ४८.५३ अंकमा झरेको छ ।

कारोबारमा आएका समुहहरु मध्ये बैकिङ्ग र जलविद्युतको सूचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो ।

विहिवार १ सय ७२ कम्पनीको १६ लाख ५४ हजार २ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४६ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार नाडेप लघुवित्त वितिय संस्थाका शेयर धनीले सबैभन्दा धेरै कमाए । नाडेपको शेयर मूल्य ४.७३ प्रतिशतले बढ्यो । त्यस्तै श्री इन्भेष्मेन्ट फाइनान्सको ३.२५ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा बहुउदेश्य लघुवित्त वितीय संस्थाका शेयर धनी रहेका छन् । बहुउदेश्यको शेयर मूल्य ५.६७ प्रतिशतले घट्यो । त्यस्तै लक्ष्मी लघुवित्त वितीय संस्थाको ५.१० प्रतिशतले घट्यो ।

विहिवार नेपाल बैंक लिमिटेडले सबैभन्दा धेरै कारोबार गर्यो । बैंकले ५ करोड २९ लाख ६२ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here