नयाँ पुस्तालाई उद्यमी बनाउन ५० करोड लगानी अभियान सञ्चालन

काठमाडौं, २६ चैत । नयाँ सोच र विचारका साथ व्यापार व्यवसाय प्रवद्र्धन गर्न एक सय लगानीकर्ता सदस्यहरुबाट करिब रु ५० करोड लगानी गर्ने अभियान सञ्चालन भएको छ ।

मोर्डन यथु फोर सोसाइटी भक्तपुरले मानन्धर समदुायको ब्यापार र व्यवसायको लागि उक्त अभियान सञ्चालन भएको सोसाइटीका अध्यक्ष शिव मानन्धरले बताए ।

नयाँवर्ष तथा विस्का जात्रा २०७९ को अवसरमा शभुकामना आदान प्रदान गर्दै मानन्धर समदुायको परम्परागत ब्यवसायलाई परिस्कृत र आधुनिक बनाउन तथा नयाँ पुस्तालाई उद्यमी बनाउन उत्प्रेररित गर्न स्काई इन्टरनेशनलको समेत सहयोगमा विभिन्न उद्यमशिलता विकास कार्यक्रम प्रवद्र्धन योजनामा रहेको जानकारी दिए ।

भक्तपुर जिल्ला मानन्धर यवुा संघ र स्काई इन्टरनेशनल ग्रपु प्रा लि को सहकार्यमा पूर्व सहरी विकासमन्त्री रामबीर मानन्घरको प्रमखु आतिथ्यतामा सो गोष्ठी आयोजना गरेको थियो ।

प्रमुख अतिथि मानन्धरले पानसमा दीप प्रज्वलन गरी गोेष्ठीको उदघाटन गरेका थिए ।

स्काई इन्टरनेशनलका अध्यक्ष के पी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्वर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामकृष्ण मानन्धर, योङ योंग आन्तरप्रोन्योर्स संघका अध्यक्ष रोहित मानन्धरहित सहभागी अतिथीहरुले नयाँ वर्ष तथा विस्का जात्राको शभु कामना आदान प्रदान गर्दै व्यवसाय प्रबद्र्धनमा संगठित र व्यवस्थित रुपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवद्र्धनका लागि लगानी तथा रोजगार वृद्धि गर्ने विषयमा आ-आफनो धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here