वैशाखमा ब्याजदर नबढाउने बैंकहरूको निर्णय

काठमाडौं, २८ चैत । वाणिज्य बैंकहरुले वैशाख महिनामका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आइतबार बसेको नेपाल बैंकर्स संघको बैंठकले यस्तो निर्णय गरेको हो ।

ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप आउन नसकेपछि बैंकहरुले ब्याजदर नबढाउने भएका हुन् ।

वाणिज्य बैंकहरुले गत फागुनमा निक्षेपको ब्याजदर बढाएका थिए भने चैतमा स्थिर राखेका थिए । चैतमाजस्तै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ ।

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्धतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्धती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरुले दिइरहेका छन् ।

यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् । बैंकहरुले चैतमा पनि निक्षेपको ब्याजदर बढाएनन् ।

गत फागुनमा राष्ट्र बैंकले कर्जा प्रवाह निरुत्साहन गर्न भन्दै बैंकहरुलाई ब्याजदर बढाउन निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here