ट्वीटरको बोर्डमा एलन मस्क नबस्ने

काठमाडौं । एलन मस्कले ट्वीटरको बोर्डमा नआउने निर्णय गरेका छन् । गत साता सामाजिक सञ्जाल प्लेटफर्ममा टेस्लाका सीइओ मस्कले ९ दशमलव २ प्रतिशत सेयर किनेका थिए ।

साथै मस्कको नियुक्ती शनिबारदेखि लागू हुने भएको थियो । यद्यपी एलेन मस्कले साहि दिन बिहान आफु बोर्डमा सामेल नहुने बताएको ट्वीटर कम्पनीका कार्यकारी पराग अग्रवालले सो जानकारी दिएका हुन ।

टेस्ला मालिक ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन् । फर्म उनको इनपुटको लागि खुल्ला रहने ट्वीटर कम्पनीका कार्यकारी पराग अग्रवालले बताए । अग्रवालले गरेको ट्वीटमा मस्कले इमोजी ट्वीट गरेका छन् ।

त्यसो त साताभर मस्कले ट्वीटरमा आफ्ना ८१ मिलियन फलोअर्सलाई ट्वीटरमा डब्लु हटाउ पर्छ भन्ने विषयमा हो वा होइन विकल्प राखेर पोल बनाएका थिए ।

साथै उनले मूल्य घटाउने, विज्ञापनमा प्रतितबन्ध लगाउने र क्रिप्टोकरेन्सी डोजेकोइनमा भुक्तानी दिने विकल्पसहित ट्वीटरको ब्लु प्रिमियम सदस्यता सेवालाई परिवर्तन गर्न सुझाव दिएका थिए ।

ट्वीटर कम्पनीका कार्यकारी अग्रवालले ट्वीटरले मस्कलाई आफ्नो बोर्डमा सिट प्रस्ताव गरेको जानकारी दिएका छन् । साथै उनको निणर्यको पनि कम्पनीले कदर गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here