‘निजी क्षेत्रलाई विकास साझेदारको रूपमा हेरिएन्’- अध्यक्ष गोल्छा

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई राजश्वको स्रोतको रूपमा मात्रै हेर्ने गरेको बताएका छन् ।

महासंघको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सरकारले विकास साझेदारको रूपमा निजी क्षेत्रलाई हेर्न नसकेको बताए । निजी क्षेत्र साक्षी मात्रै नभएर कतिपय ठाउँमा नेतृत्व गर्न चाहेको बताए ।

‘निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरियो, विकासको साझेदार मान्न सकिएन ।

निजी क्षेत्रलाई सम्पत्ति निमार्ण गर्ने बलियो खम्बाको रुपमा लिन सकेनौं,’ उनले भने ‘सरकारी दस्तावेजले नै भन्छ पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७ प्रतिशत छ, ७० प्रतिशतलाई रोजगारी दिएको छ ।’

उनले पूँजी निर्माण तथा रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रसँग राज्यले सार्थक सहकार्य गर्नुपर्ने बताए । अर्थतन्त्रलाई श्रीलंका हुँन नदिने तर अहिलेदेखि नै चनाखो नभए केही वर्षपछि खराब अवस्थामा पुगिने उनको भनाइ छ ।

‘वित्तीय प्रणालीमा १० अर्ब रुपैयाँ मात्रै तरलता उपलब्ध भइरहेको भन्ने कुराको अर्थ के हो ? अर्थतन्त्रले गति लिने बित्तिकै किन तरलता अभाव हुन्छ ?, सरकारको पुँजीगत खर्च सुरुमा किन हुन सक्दैन र किन ८०प्रतिशत नाघ्न सक्दैन ?, उद्यमी व्यवसायीले यस्तो उतारचढाव भइरहने ब्याजदरमा कसरी काम गर्न सक्छन् ? यी र यस्ता प्रश्न अहिले छन्,’ उनले भने, “हामीले सम्पत्ति अभिलेखीकरणको माग गरिरहेका छौं ।

यसले अहिलेको धेरैजसो समस्या समाधान गर्नेछ । यी विषयमा छलफल होस् भन्ने मेरो चाहना हो ।’

उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा देखेका मुख्य चार समस्याबारे छलफल गर्ने उनले बताए । यसमा मुख्यतया पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय खोजी हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here