शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने इमर्जिङ नेपाल र राष्ट्र उत्थानका लगानीकर्ता

काठमाडौं, २८ चैत । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज दुइ कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ९.९८ र ९.९२ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा निफ्राको ७ करोड २१ लाखको कारोबार भएको छ । नविल बैंकको ६ करोड ९२ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here