‘अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गरिँदै छ, त्यो होइन राजनीतिकरण भयो’- अर्थमन्त्री

काठमाडौं, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार मात्रै गरिएको दाबी गरेका छन्।

अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सरकारबाट बाहिरिएको झोंक फेर्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाएको मौका छोपेर अर्थतन्त्र संकटमा गयो भनेर प्रचार मात्रै गरिएको दाबी गरे ।

उनले भने, ‘अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ। यसमा राजनीतीकरण गरेर देशमा फाइदा हुँदैन।’ उनले व्यवसायी र जनतालाई हतोत्साहित गर्ने खालको प्रचारबाजी भइरहेको उनको भनाइ छ।

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने ।

उनले भने, ‘त्यो नगर्नका लागि अपिल गर्दछु। यथार्थ स्थिति यही हो।’ विगतको १० वर्षको ट्रेन्ड हेरेको बताउँदै उनले अहिले विश्वको ट्रेन्ड हेर्दा पनि अहिले ठूलो संकटमा गयो भनेर गरिएको प्रचार उपयुक्त नभएको बताए।

शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताए । शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताए । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here