वर्ष २०७८: सुनचाँदीको मूल्यमा तीव्र उत्तारचढाव, विश्लेषकको अनुमान विपरित नयाँ रेकर्ड

काठमाडौं, ३० चैत । पछिल्लो समय विश्वभर नै बहुमूल्य मानिने पहेँलो धातु अर्थात सुनको मूल्यमा भारी उत्तारचढाव आएको छ ।

रुस र चीनबीचको युद्धको प्रभावले बजार चेनका कारण विश्वबजारमा नै सुनको मूल्यमा भारी वृद्धि भैरहेको छ ।

नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुन फेरि ९७ हजारदेखि १ लाख २ हजार रुपैयाँबीचको मूल्यमा फन्को मारिरहेको छ ।

फागुन २५ गते बुधवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला २५ सय रुपैयाँ बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेर रेकर्ड राखेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ साल बैशाख २ गते सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेकोमा हालसम्म आइपुग्दा प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसरी हेर्दा एक वर्षको अवधिमा नै सुनको मूल्य तोलामा ११ हजार ७ सयले बढेको देखिन्छ । बुधवार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

बढेको मूल्यपछि छापावाल सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

विश्वबजारमा सुनको मूल्य बढीरहेको अवस्थामा सुनमा लगानी गर्ने मनसायले सुन खरिदकर्ताको संख्या बढेसँगै सुनको मूल्य घट्न नसकेको अनुमान गरिएको छ ।

विश्लेषकको अनुमान विपरित नेपाली बजारमा नयाँ रेकर्ड राखेको छ । विश्वभर फैलिएको कोरोना कहरको बेला सुनको मूल्य नेपालमा भने प्रतितोला १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।

विश्वबजारमा कोरोना भाईरस विरुद्धको भ्याक्सिन बनिसकेको हल्ला चलेसँगै यसको मूल्यमा पुन गिरावट आएको थियो ।

तीव्र ओरोलो लागेको सुनको मूल्य १ लाख काट्ने अनुमान विश्लेषकहरुले गरेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here