व्यवसायी बन्ने सोचमा हुनुहुन्छ ? शुरु गर्नुहोस् यी काम

काठमाडौं । विस २०७८ अरु बर्षहरुभन्दाको जस्तै उत्तरचढावकोबीच वितेको छ। नयाँ वर्ष २०७९ को सुरुवात भएको छ ।

२०७८ ले हामीलाई धेरै कुरा सिकाएर गयो । कोरोना महामारीको सामना गर्नु परो तर २०७७ को जस्तो भने पिडादायी भएन् । कोरोना खोपका कारण मनोवल भने वृद्धि भयो ।

विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष स्मरणीय बर्ष बन्ने भएको छ।

निजी क्षेत्रमा काम गर्ने मानिसहरु यो समयमा निकै प्रभावित भए । निम्न आयस्तर भएका व्यक्ति यो समयमा धेरै प्रभावित भए भने मध्यम आय भएका व्यक्तिपनि २०७८ मा विभिन्न प्रकारका आर्थिक समस्याबाट प्रभावित बन्नुपर्‍यो ।

हामीले केही मात्राम भएपनि बचत गर्नुपर्छ भन्ने कुराको राम्रै शिक्षा दिएर गएको छ । भोलीका दिनमा पनि कोरोना जस्तै अन्य संक्रमणहरु आउन सक्ने भएको कारण त्यो समयमा आजको जस्तो आर्थिक समस्या नपरोस भन्नको लागि आर्थिक रुपमा सबल हुन निकै आवश्यक छ । आर्थिक रुपमा सवल बन्नको लागि आजैबाट यी कु्रामा ध्यान दिनुहोस्ः

बैंक खाता र बचत गर्ने बानी

आफूसँग भएको केही पैसालाई सुरक्षित तवरले राख्न होस् वा कुनै प्रकारको आर्थिक सहायता लिन यसको लागि बैंक निकै विश्वासिलो मानिन्छ । त्यसकारण तपाईंसंग बैंक खाता छैन् भने २०७९ को पहिलो काम बैंकमा खाता खोल्नुहोस् ।

बैंकमा खाता खोलेसँगै आफूसँग भएको धेरै थोरै रकमलाई बचत गर्ने बानी बनाउनुहोस् । बचत भएको पैसाले अप्ठ्यारो परेको समयमा निकै काम दिन्छ ।

वीमा गर्नुहोस्

वीमा किन आवश्यक छ भन्ने कुरा हामीलाई २०७९ ले प्रष्ट रुपमा देखाइदिएको छ । वीमा गर्दा भविष्यमा आइपर्ने विभिन्न प्रकारका समस्याहरुबाट सुरक्षित रहन सकिन्छ भने, तपाईको परिवारलाई सुखी र खुसी राख्नका लागि समेत मद्धत गर्दछ । त्यसकारण भविष्यमा आइपर्न सक्ने समस्याबाट सुरक्षित रहनको लागि वीमा गर्न आवश्यक छ ।

वित्तीय साक्षरता

आर्थिक रुपमा सवल बन्नको लागि वित्तीय साक्षरता निकै आवश्यक छ । पैसाले पैसा तान्ने भएको कारण आफुसंग भएको सानो पुँजीलाई लगानी गर्दै धेरै पुँजी बनाउनको लागि वित्तीय साक्षरता आवश्यक छ । यसको लागि कुन क्षेत्रमा लगानी गर्ने, कुन मात्रामा लगानी गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ ।

पुँजी भएपनि लगानी गर्ने क्षेत्र छनोट गर्न नजान्दा टाट पल्टिएका उदाहरणपनि प्रशस्तै छन् । नयाँ वर्षबाट आफुलाई आर्थिक हिसावले नयाँ उचाइमा पुर्याउनका लागि समेत वित्तीय ज्ञान लिनुहोस् ।

उद्यमशीलतामा जोड

नयाँ वर्षमा उद्यमशिल सोँचलाई विशेष ध्यान दिनुहोस् उद्यमशील सोचले मानिसहरुलाई आत्मनिर्भर भइ जीवन चलाउन सक्ने बनाउने मात्रै होईन् अरुलाई समेत आश्रित बनाउँदछ । त्यसकारण उद्यमशिल बन्नको लागि आफूलाई मनपर्ने क्षेत्रमा तालिम लिनुहोस् र त्यसलाई उद्यमको रुपमा अघि बढाउनुहोस् ।

लगानीमुखी सोच बनाउनुहोस्

तपाई भविष्यमा व्यवसायी बन्ने सोचमा हुनुहुन्छ भने आजैबाट पुँजी संकलनमा जोड दिनुहोस् । यसका अलवा कुन क्षेत्रमा लगानी गर्ने र यसको लागि कति रकम आवश्यक पर्छ यो कुराको अध्ययन गर्नुहोस् । योसँगै आफूले अनुमान गरेको रकम जम्म भएसंगै लगानी गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here