सरकारले अमेरिकाले दिने ८० अर्ब अनुदान सहायता स्वीकार गर्ने, दुई दिन बिदा अनिश्चित

काठमाडौं, २ वैशाख । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद्‌ बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम पनि स्वीकार गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।

यस्तै,सरकारले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको लागि कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका गरिबी निवारण मन्त्रालय लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । यस्तै, बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन विदा दिने विषयमा सरकार अन्योलमा परेको छ । विदा दिने विषयमा मन्त्रिपरिषदमा छलफल भएपनि अहिलेसम्म निर्णय नभएकाले कार्कीले बताए ।

कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय मात्र भएको बताएका छन् । उनले बिदा दिनेबारे सरकार निर्णयमा नपुगेको बताए ।

इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा भने पुगेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here