विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ४ वैशाख । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ६९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here