अध्यागमन विभागले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

फाइलफोटो

काठमाडौं, ४ चैत । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेका छन् ।

उक्त समस्या नआओस् भन्नको लागि विभागले सार्वजनिक सूचना नै जारी गरेको हो ।

विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुँदै आएको छ ।

साथमा डलर नभएका पर्यटकलाई प्रहरीसहित पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएरमात्रै भिसा दिनुपर्ने अवस्था रहेको विभानस्थल स्रोतले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण रोकिएको पर्यटक आवागमन बढेको छ। पर्यटक बढे पनि पूर्वाधार नहुँदा पर्यटकले विमानस्थलमा सास्ती भोगिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here