व्यवस्थापन संघको अध्यक्षमा पौड्याल, निर्वाचित कार्य समितिले सम्हाले कार्यभार

काठमाडौ । नेपाल व्यवस्थापन संघको नव निर्वाचित कार्य समितिले आजबाट औपचारिक रुपमा कार्यभार सम्हालेको छ ।

संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाइ आज एक समारोहबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुण राज भट्टले नव निर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । भट्टले नव निर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरे ।

नेपाल व्यवस्थापन संघमा प्रत्येक दुइ बर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान रहेको छ ।

सोही बमोजिम हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हालेका हुन् ।

नव निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहन राज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी संघको कार्यकारी सदस्यहरुमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण वहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा निर्वाचित भएका छन् ।

संघको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने परम्परा रहेको छ । संघमा एकजना कार्यकारी निर्देशक रहने र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने परम्परा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here