पहिरोको कारण विभिन्न स्थानमा सडक अवरुद्ध, यात्रुहरु अलपत्र

काठमाडौं, २७ असार । लगातार दुई दिनदेखि परेको भारी वर्षाको कारण देशभरका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

वर्षाको कारण ठाँउठाँउमा पहिलो गएपछि ती सडक अवरुद्ध भएका हुन् ।

हामीलाई प्राप्त जानकारी अनुसार वर्षाका कारण बि.पि राजमार्ग स्थित पिप्ले, कालढुङ्गाा जोड्ने रोशीपुल नजिक पहिरो आएको कारण बि.पि राजमार्ग अवरुद्ध भएको छ ।

त्यस्तै सिदार्थ राजमार्गको सिद्धबाबामा पहिरोको कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ

लमजुङबाट मनाङ जाने सडक, भोजपुरबाट धरान जाने सडकका साथै नारायणघाट मुग्लीन सडकखण्ड पनि अवरुद्ध भएको छ

सडक अवरुद्ध भएसँगै ती सडकखण्डमा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रुहरु अलपत्र भएका छन् । खासगरी लामो दुरीको यात्रा गरीरहेका यात्रु समस्यामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here