नेपाली सेनाको मिडियामा जागिरको अवसर, माग्यो समाचार सम्पादक र वाचक

काठमाडौं, ५ वैशाख । नेपाली सेनाले सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ ।

आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेका समाचार सम्पादक र वाचकमा ३ जनाको लागि दरखास्त माग गरेको हो । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।

जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ ।

पुरुषको लागि १८ वर्ष पुरा भई २९ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्ने छ ।

चैत १४ गतेदेखि खुल्ला भएको आवेदन वैशाख १३ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुरमा थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।

छनौट हुनेले नेपाली सेनाका सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइनमा काम गर्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here