चैतसम्म २ खर्ब ६६ अर्ब लगानीको उद्योग दर्ता, २१ हजारलाई रोजगारी प्रस्ताव

काठमाडौं, ५ वैशाख । चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा २ खर्ब ६६ अर्ब बढी लगानीका २३२ नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि चैत मसान्तसम्ममा २३२ उद्योगमा २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा दोब्बर बढेको हो । गतवर्ष यसै अवधिमा १६९ उद्योगको लागि १ खर्ब ३९ अर्बको लगानी प्रतिवद्धता आएको थियो ।

विभागमा दर्ता भएका २३२ उद्योगमध्ये ६७ वटा ठूला, ८२ वटा मझौला र ८३ वटा साना उद्योग रहेका छन्। गतवर्ष यसै अवधिमा ३३ वटा ठूला, ४० वटा मझौला र ९६ वटा साना उद्योग दर्ता भएको थियो ।

ती उद्योगले २१ हजार २ सय २३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

यसमध्ये १५५ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने ३३ अर्ब ४२ करोड रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।

विदेशी प्रस्तावित लगानी परियोजनामा ९ हजार २ सय ५२ जनाले रोजगारी पाउने छन्।

९ महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा १३ वटा डिजाइन दर्ता र २३५६ वटा टेड्रमार्क दर्ता भएका छन् ।

प्रारम्भिक वातावरणीय परीक्षण ६५ रहेको छ । टेड्रमार्क सम्बन्धि मुद्दामा ७१ वटालाई कारवाही गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here