आईओसीको नयाँ मूल्यसूची: पेट्रोलको मूल्य घट्यो, निगमलाई नोक्सान पाक्षिक ३ अर्ब ७४ करोड

काठमाडौं,६ वैशाख । इण्डियन आयल कर्पोरेशन (आईओसी(ले नेपाललाई नयाँ मूल्यसूची पठाएको छ । वैशाख ५ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य सामान्य घटेको छ ।

निगमलाई आइओसीबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलको मूल्य थोरै घटेको छ भने डिजेल, मट्टितेल, हवाइ इन्धनको मूल्य बढेको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.७९ रुपैयाँ घटेको छ भने डिजेल प्रतिलिटर २.०२ रुपैयाँ, हवाई इन्धन ०.३८ रुपैयाँ बढेर आएको छ ।

पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ३ अर्ब ७३ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ ।

इण्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here