काठमाडौं, ८ वैशाख । अपर सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार (चैत ७ गते) कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
हाइड्रोपावरले जारी पूँजीको २४.५० प्रतिशत आइपीओ जारी गर्न लागेको हा । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि आइपीओ जारी गर्ने छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।
हाइड्रोपावरको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले रहेको छ ।