काठमाडौं, ८ वैशाख । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रवार बिहान ८ बजे बैंकिङको प्रांगणमा बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले चैत २५ गतेबाट कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।
निष्काशित कुल सेयरमध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र ११ हजार ८१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि र्सवसाधरणको लागि छुट्टाएको थियो ।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ्ग लिमिटेड रहेको छ। लघुवित्तको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।